बीर अस्पताल बार्षिक १० करोड घाटामा 

काठमाण्डु टुडे २०७१ साउन ९ गते १२:१२ मा प्रकाशित

काठमाण्डु , ९ साउन –  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधीकारी नियुक्त नहुदा अहिले काम गर्न अप्ठेरो परेको छ ।

centuryसाढे २ महिना देखी उप कुलपति बाहेक अन्य पदाधीकारीहरु नहुदा शैक्षिक गतिविधीका साथै वीर अस्पतालको काम काजमा समेत प्रभाव पर्न थालेको अस्पतालको निर्देशक डा. केदार प्रसाद सेन्चुरीले बताएका छन् ।

वीर अस्पतालमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक सेन्चुरीले पदाधीकारी नभए पनि अस्पतालको दैनिक कार्य प्रणाली नरोकिएपनि चिकित्सा विज्ञान प्रतिष्ठान भएकाले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड नगर्न सम्बन्धीत पक्षसँग आग्रह समेत गरे । पदाधीकारी नियुक्ती गर्नुपर्ने विषयमा आफुहरुले पनि पहल गरेपनि स्वास्थ्यमन्त्री बाहिर रहेकाले अहिले प्रक्रिया सुरु हुन नसकेको बताए ।

शनिबार स्वस्थ्यमन्त्री स्वदेश फर्र्किएपछि नियुक्तिको प्रक्रिया पुरा हुने बताए । गत असार १३ गते देखि निर्देशक भएका सेन्चुरीले अहिले अस्पतालको आर्थिक अवस्था पनि नाजुक भएको उल्लेख गरे ।

आन्तरिक स्रोत कम भएपनि सेवा दिनुपर्ने विषय धेरै भएकाले अस्पताल घाटामा रहेको पनि जानकारी दिए । यस विषयमा स्वस्थ्य मन्त्रालयलाई जानकारी गराएको पनि बताए ।

बार्षिक बजेट २२ करोड मागेपनि अर्थमन्त्रालयले बीर अस्पताललाई जम्मा १२ करोड रुपैया मात्रै बजेट विनियोजन गरेको निर्देशक सेन्चुरीको भनाई थियो । जसले गर्दा अस्पताल उधारोमा कारोबार गर्ने अवस्थामा पुगेको छ ।

बार्षिक १० करोड रुपैयाँ घाटामा रहेको बताउदै नयाँ औजार थप्न पनि नसक्ने अवस्थामा पुगेको र उधारोमा औषधी पनि पाउन छाडेको उनको भनाई थियो । विद्यार्थीको पैसा सरकारले दिएन वीर अस्पतालमा छात्रबृत्तिमा पढ्ने विद्यार्थीको पैसा पनि सरकारले सोध भर्ना नगर्दा अहिले अप्ठेरो परेको उनको भनाई छ ।

यसैगरी विपन्न नागरिकलाई दिइने निशुल्क सेवाका नाममा अहिले सम्म २ करोड रुपैयाँ खर्च भएपनि सरकारले जम्मा ८० कारोड रुपैयाँ सोध भर्ना गर्न बाँकी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us