एक वर्षमा पाँच वटा पुल निर्माण

काठमाण्डु टुडे २०७१ साउन ८ गते ८:४४ मा प्रकाशित

इलाम, ८ साउन – इलाम जिल्लामा एक वर्षको अवधिमा पाँच वटा पुल निर्माण भएका छन् । पुल निर्माणका लागि एक करोड ७० लाख ६१ हजार २८६ खर्च भएको छ ।

bridgesआर्थिक वर्ष २०७०–०७१ मा नेपाल सरकार, जिल्ला विकास समिति, स्थानीयबासिन्दा, गाउँ विकास समिति, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम र ट्रेलब्रिज सर्पोट युनिटको सहयोगमा पाँच वटा नयाँ र एउटा पुरानो पुलको मर्मत कार्य सम्पन्न गरिएको हो ।

झोलुङ्गे पुलका लागि जिल्लामा प्राप्त भएको एक करोड ७६ लाखमध्ये पाँच लाख ३८ हजार ७१३ खर्च हुन नसकी फ्रिज भएको छ । नयाँ पुल निर्माणसँगै जिल्लामा झोलुङ्गे पुलको सङ्ख्या १२४ पुगेको छ ।

सात वटा नयाँ झोलुङ्गे पुल निर्माणका लागि गत आवमै टेन्डर लागिसकेको जिविसले जनाएको छ । १२१ वटा झोलुङ्गे पुलमा महिलालाई हेरालुका रूपमा राखिएको छ । झोपुमा महिलामात्र हेरालु राखिएको नेपालमै नमुना जिल्ला भएको जिविस इलामले दाबी गरेको छ ।

महिला हेरालुलाई जिविसले समय–समयमा मर्मत सम्भारका लागि ११ किसिमका औजार वितरण गरेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us