अर्थ

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

२०८१ भदौ २८ गते १०:१४

बागलुङ, २८ भदौ– कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनादेखि फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा...

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

२०८१ भदौ २७ गते १८:५९

काठमाण्डु २७ भदौ– ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र...

सेयर बजारमा उच्च अंकको वृद्धि

२०८१ भदौ २७ गते १८:२४

काठमाण्डु, २७ भदौ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । ७८.१७ अंकले बढेर नेप्से २६८८.३८ बिन्दुमा उक्लिएको छ । लगातार छ दिनसम्म घटेको बजारमा बिहीबार हरियाली छायो । गत बुधबारदेखि ओरालो लागेको बजारमा २ सय १९ अंक...

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ: अर्थमन्त्री पौडेल

२०८१ भदौ २७ गते १८:०१

काठमाण्डु, २७ भदौ– नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेका छन । भेटवार्ताको क्रममा अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङले नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास...

पूर्वाधारमा लगानी जुटाउन सहजीकरण गर्छौं: अर्थमन्त्री पौडेल

२०८१ भदौ २७ गते १७:३९

काठमाण्डु २७ भदौ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधारमा लगानी जुटाउन सबै प्रकारको सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन । आज (बिहिबार) नेपाल इन्फ्रास्ट्रक्चर समिट–२०२४ का अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले समृद्ध नेपाल निर्माणको मूल आधार...

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर ?

२०८१ भदौ २६ गते ८:११

काठमाण्डु, २६ भदौ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मंगलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल,...

आईएफसीले नेपालमा लगानी विस्तार गर्ने

२०८१ भदौ २५ गते १८:०४

काठमाण्डु, २५ भदौ– अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिए । आईएफसीले गत वर्ष नेपालमा...

सरकारी कार्यालयमा सेयर कारोबार गर्ने टिएमएस चलाउन रोक

२०८१ भदौ २५ गते १७:०४

काठमाण्डु, २५ भदौ– सरकारी कार्यालयमा सेयर कारोबार गर्ने ‘टिएमएस’ रोक लगाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहत निकायलाई मंगलबार पत्राचार गर्दै उक्त निर्देशन दिएको हो । सबै मन्त्रालय, सातवटै प्रदेश, सबै सरकारी अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै पत्राचार गरिएको छ...

नेप्से १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा बन्द

२०८१ भदौ २५ गते १५:५१

काठमाण्डु, २५ भदौ– सेयर बजार परिसूचक नेप्से साताको तेश्रो कारोबार दिन मंगलबार पनि घटेको छ । मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । बजारमा ७ अर्ब २४ करोड बराबर कारोबार भयो । अघिल्लो...

अर्थ समितिबाट बैंकिङ कसुर विधेयक पारित

२०८१ भदौ २४ गते १७:१३

काठमाण्डु, २४ भदौ– बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदको अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको सोमबार बसेको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषयहरु संशोधनसहित पारित गरिएको समिति सभापति सन्तोष चालिसेले जानकारी...

बार, रेष्टुरेण्ट र होटलको बिल विद्युतीय माध्यमबाट तिर्दा १० प्रतिशत फिर्ता

२०८१ भदौ २४ गते १४:५७

काठमाण्डु, २४ भदौ– उपभोक्ताले विभिन्न भुक्तानी गर्दा डेबिट र क्रेडिट कार्ड, क्युआर कोड र मोबाइलजस्ता विद्युतीय माध्यम प्रयोग गरेको खण्डमा मूल्य अभिवृद्धि कर (भ्याट) बापतको १० प्रतिशत सम्बन्धित व्यक्तिले फिर्ता पाउने भएका छन् । रेस्टुरेन्ट, बार, होटल र लजमा नगदको साटो विद्युतीय भुक्तानी गर्दा...

प्रधानमन्त्री ओलीलाई मह कोसेली !

२०८१ भदौ २४ गते १०:१२

काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री केपी ओली आफूलाई मह उपचार आएको विषयमा समेत सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । ओलीले नवलपुरबाट भेटघाटका लागि आएका पार्टी कार्यकर्ताले मह कोसेली लिएर आएको भन्दै खुसी व्यक्त गरेका छन् । मह कोसेली पाएकामा भन्दा कोसेली ल्याउनेहरुको उद्यमशीलताका कारण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us