
काठमाण्डु, २५ भदौ– सेयर बजार परिसूचक नेप्से साताको तेश्रो कारोबार दिन मंगलबार पनि घटेको छ ।
मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा बन्द भएको छ । यसदिन कारोबार रकम पनि घटेको छ । बजारमा ७ अर्ब २४ करोड बराबर कारोबार भयो ।
अघिल्लो कारोबार दिन सोमबार सेयर बजारमा ९ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएको थियो । यसदिन ६७ वटा धितोपत्रको एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।
मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र थ्री स्टार हाइड्रोपावरको मूल्य ९।९० प्रतिशतले बढेको छ ।
स्वरोजगार लघुवित्तको मूल्य ५.९१ प्रतिशतले घटेको छ । यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.७९ प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक स्थिर छ ।
बाँकी ११ समूहको मूल्य घट्दा समग्रमा नेप्से घट्यो ।