सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ ।

७८.१७ अंकले बढेर नेप्से २६८८.३८ बिन्दुमा उक्लिएको छ । लगातार छ दिनसम्म घटेको बजारमा बिहीबार हरियाली छायो । गत बुधबारदेखि ओरालो लागेको बजारमा २ सय १९ अंक घटेको थियो ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब ८५ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएकामा बिहीबार ८ अर्ब १६ करोड कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यो १ अर्ब ३१ करोडले बढी हो । ३ सय १८ धितोपत्रको एक करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर किनबेच भयो ।
२२९ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको मूल्य घट्दा तीन कम्पनीको सेयर मूल्य स्थिर छ । पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भयो ।

विन नेपाल लघुवित्त, ग्रीन भेन्चर, इष्टर्न हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्य १० प्रतिशत तथा एशियन हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । बिहीबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०।०९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

जलविद्युत समूहको परिसूचक सर्वाधिक ४।२४ प्रतिशतले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us