सरकारी कार्यालयमा सेयर कारोबार गर्ने टिएमएस चलाउन रोक

काठमाण्डु टुडे २०८१ भदौ २५ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– सरकारी कार्यालयमा सेयर कारोबार गर्ने ‘टिएमएस’ रोक लगाइने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहत निकायलाई मंगलबार पत्राचार गर्दै उक्त निर्देशन दिएको हो ।

सबै मन्त्रालय, सातवटै प्रदेश, सबै सरकारी अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै पत्राचार गरिएको छ ।

कार्यालय समयमा टिएमएस चलाए/नचलाएको प्राविधिक चेकजाँचसमेत हुनेछ । सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन पनि दिइएको छ ।

टीएमएस नचलाउनका सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ ।

सिंहदरबारभित्रका सरकारी कर्मचारीले कार्यालय समयमा टीएमएसमार्फत सेयर कारोबार गरिरहेको भन्दे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्य रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गरेको थियो ।

कार्यालय समयमा सरकारी स्रोत साधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्ने अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us