
काठमाण्डु, २४ भदौ– प्रधानमन्त्री केपी ओली आफूलाई मह उपचार आएको विषयमा समेत सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
ओलीले नवलपुरबाट भेटघाटका लागि आएका पार्टी कार्यकर्ताले मह कोसेली लिएर आएको भन्दै खुसी व्यक्त गरेका छन् ।
मह कोसेली पाएकामा भन्दा कोसेली ल्याउनेहरुको उद्यमशीलताका कारण आफू खुसी भएको ओलीले बताएका छन् ।
उद्यमबिना आर्थिक स्तर माथि जान नसक्ने उनको भनाइ थियो ।
ओलीले भेटघाटमा आउनेहरुसँग ग्रामीण स्तरमा हुन सक्ने उद्यमशीलताको विषयमा पनि कुरा भन्दै सरकारले उद्यमशीलताका लागि युवाहरुलाई २५ लाखसम्म बिना धितो ऋण दिन थालेको बताए ।