अर्थ

मर्जर भाँडिएका हिमालयन र इन्भेष्टमेन्ट बैंकले तीन वर्षसम्म लाभांश बाँड्न नपाउँने

२०७८ पुष ३० गते १८:०९

काठमाण्डु, ३० पुस– हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई कारबाही गर्ने भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार दुवै बैंकमाथि कारबाही प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए...

हिमालयन बैंकका संचालकबीच विवाद, रोकियो इन्भेष्टमेन्टसँगको मर्जर प्रक्रिया

२०७८ पुष ३० गते १४:५४

काठमाण्डु, ३० पुस– सञ्चालकबीच भनाभन भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका मर्जर प्रक्रिया रोकिएको छ । हिमालयन बैंकको आज बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर टरेको हो । हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ पक्षका सेयरधनी र कर्मचारी संचय कोषले...

शुक्रबार २०० रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

२०७८ पुष ३० गते ११:४२

काठमाण्डु, ३० पुस– आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार...

नेपाल राष्ट्र बैंकले ल्यायो दुई रुपैयाँको नयाँ सिक्का

२०७८ पुष ३० गते १०:५७

काठमाण्डु, ३० पुस– नेपाल राष्ट्र बैकंले आज ( पुस ३०, २०७८) देखि दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । जसलाई दृष्टिविहिनले समेत पहिचान गर्न सक्ने छन् ।...

अर्थतन्त्र संकटतिर जाँदा प्रधानमन्त्रीले जिम्मेवारी महसुस गरेको देखिएनः पूर्व अर्थमन्त्री

२०७८ पुष ३० गते १०:२८

काठमाण्डु, ३० पुस– पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले देशमा आर्थिक संकट हुँदै जाँदा त्यसको समाधानका लागि प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै जिम्मेवारी महसुस नगरेको बताएका छन् । शुक्रबार विहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ  । अब यो...

बिहीबार तोलामा ५०० ले बढ्यो सुनको मुल्य, तोलाको कति ?

२०७८ पुष २९ गते १०:५२

काठमाण्डु, २९ पुस– आज (बिहीबार) सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको...

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

२०७८ पुष २८ गते १४:२४

काठमाण्डु, २८ पुस– चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ। विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ। महामारीबाट बच्न खोप लगाउने जनसंख्यामा बढोत्तरीसँगै...

बुधबार तोलामा ६ सयले बढ्यो सुनको मुल्य

२०७८ पुष २८ गते ११:१२

काठमाण्डु, २८ पुस–  बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उतारचढाब आएको छ ।  मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसैगरी,  तेजावी सुनको...

४९ अंकले बढ्यो नेप्से

२०७८ पुष २७ गते १७:२५

काठमाण्डु, २७ पुस– साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९...

पुँजीगत खर्च शतप्रतिशत हुनुपर्छ, रातको १२ बजे पनि सहयोग गर्न तयार छुः अर्थमन्त्री

२०७८ पुष २७ गते १५:२५

काठमाण्डु, २७ पुस– अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८– ०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । आज (मंगलबार) मन्त्रालयमा आर्थिक वर्ष २०७८– ०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् । उनले भने–...

साकेलाका किसानले बिक्री गर्न थाले रेम्बो ट्राउट

२०७८ पुष २७ गते १३:०९

खोटाङ, २७ पुस –  खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाहाङ रेम्बो ट्राउट कृषक समूहले रेम्बो ट्राउट बिक्री सुरु गरेका छन् । रेम्बो ट्राउट माछा, भुरा तथा रेम्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्राेतकेन्द्रको रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ सामूहिक रूपमा रेम्बो ट्राउट...

तीन सयले बढ्यो सुनको मुल्य

२०७८ पुष २७ गते १२:२५

काठमाण्डु, २७ पुस–  साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us