बुधबार तोलामा ६ सयले बढ्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७८ पुष २८ गते ११:१२ मा प्रकाशित

काठमाण्डु, २८ पुस–  बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा उतारचढाब आएको छ ।  मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसैगरी,  तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us