तीन सयले बढ्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७८ पुष २७ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, २७ पुस–  साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।  मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us