अर्थतन्त्र संकटतिर जाँदा प्रधानमन्त्रीले जिम्मेवारी महसुस गरेको देखिएनः पूर्व अर्थमन्त्री

काठमाण्डु टुडे २०७८ पुष ३० गते १०:२८ मा प्रकाशित

काठमाण्डु, ३० पुस– पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले देशमा आर्थिक संकट हुँदै जाँदा त्यसको समाधानका लागि प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै जिम्मेवारी महसुस नगरेको बताएका छन् ।

शुक्रबार विहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ  । अब यो अर्थमन्त्रीसँग  मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो। प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।’

नेपाल को अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँगको मात्रै को कुरो नभएको लोहनीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us