पुँजीगत खर्च शतप्रतिशत हुनुपर्छ, रातको १२ बजे पनि सहयोग गर्न तयार छुः अर्थमन्त्री

काठमाण्डु टुडे २०७८ पुष २७ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, २७ पुस– अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८– ०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् ।

आज (मंगलबार) मन्त्रालयमा आर्थिक वर्ष २०७८– ०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् । उनले भने– ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो, बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, शर्माले भने– ‘त्यसका लागि रातको १२ बजे पनि म तपाईंहरूलाई सहयोग गर्न तयार छु ।’

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई– चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्‍यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us