४९ अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७८ पुष २७ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, २७ पुस– साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ ।

कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १ सय ९७ रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी शेयर मूल्य घट्नेमा माउन्टेन इनर्जी पहिलो नम्बरमा देखिएको छ । माउन्टेन इनर्जीको शेयर मूल्य मंगलबार ४३ रुपैयाँले घटेर १ हजार १ सय ७७ अंकमा झरेको छ । दोस्रो धेरै गुमाउनेमा नेपाल एसबीआई बैंक देखिएको छ । एसबीआईको ७ रुपैयाँ ९० पैसाले घटेर ३८६ रुपैयाँमा झरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us