हिमालयन बैंकका संचालकबीच विवाद, रोकियो इन्भेष्टमेन्टसँगको मर्जर प्रक्रिया

काठमाण्डु टुडे २०७८ पुष ३० गते १४:५४ मा प्रकाशित

काठमाण्डु, ३० पुस– सञ्चालकबीच भनाभन भएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकका मर्जर प्रक्रिया रोकिएको छ । हिमालयन बैंकको आज बसेको वार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर टरेको हो ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ पक्षका सेयरधनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जर विफल भएको बताइएको छ । करिब ४० प्रतिशत सेयर हिस्सा ओगटेको संस्थापक सेयरधनीहरू नै मर्जरको विपक्षमा मत हालेका छन् । अध्यक्ष श्रेष्ठका पक्षका सेयर धनी र कर्मचारी संचय कोषले विपक्षमा भोट हालेपछि मर्जरमा जान चाहेका सेयर धनीबीच केही बेर भनाभनसमेत भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us