मर्जर भाँडिएका हिमालयन र इन्भेष्टमेन्ट बैंकले तीन वर्षसम्म लाभांश बाँड्न नपाउँने

काठमाण्डु टुडे २०७८ पुष ३० गते १८:०९ मा प्रकाशित

काठमाण्डु, ३० पुस– हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई कारबाही गर्ने भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार दुवै बैंकमाथि कारबाही प्रक्रिया अघि बढाइने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

राष्ट्र बैंकले पहिले सञ्चालकहरूलाई सचेत गराउनेछ । त्यसपछि मर्जरका लागि सहमति गरेका बैंकले मर्जर ३ वर्षसम्म लाभांश दिन पाउँदैन । राष्ट्र बैंकबाट पाउने सुविधा र नयाँ शाखासमेत खोल्न पाउने छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us