काठमाण्डु, २ वैशाख – वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ । केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । जनसांस्कृतिक महासंघका संंस्थापक सदस्य...
काठमाण्डु, २ वैशाख – बाजुरा र आसपासका जिल्लामा सोमबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । बझाङको जयपृथीवी केन्द्रबिन्दु भएर ४ बजेर २७ मिनेट जाँदा ४.८ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै क्षति भएको जानकारी प्राप्त नभएको स्थानीय...
काठमाण्डु, २ वैशाख – बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा हुँदा आइतबार बेलुका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।...
काठमाण्डु, २ वैशाख– प्रधानमन्त्री केपी ओलीले आफू पनि भ्रष्टाचार नगर्ने अरुले पनि भ्रष्टाचार गरे नछोड्ने बताउँदै आएका छन् । उनको यो दुई तिहाइको सरकारलाई आफूले बाचा गरेका कुरा पूरा गर्नका लागि कुनै पनि किसिमका अप्ठेरो पनि छैन । मन्त्रिपरिषद्ले व्यक्तिका नाममा सारिएका मुलुकभरका सरकारी...
काठमाण्डु, २ वैशाख– नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुत्तीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा विभूषित भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला...
काठमाण्डु, २ वैशाख– राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाण्डु महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो । गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको...
काठमाण्डु, २ वैशाख– नयाँ प्रहरी ऐन बन्ने प्रक्रिया अघि बढेपछि नेपाल प्रहरीमा सेवाहदबारे विवाद चर्किएको छ । केही प्रहरी अहिलेको ३० वर्षे सेवाहद कायमै राख्नुपर्ने पक्षमा छन् भने अर्काथरी हटाउनुपर्ने पक्षमा छन् । दुईथरी लबिङका कारण गृह मन्त्रालयका अधिकारी नै अन्योलमा परेका छन् । कानुन र अर्थ...
काठमाण्डु, २ वैशाख– संघीय संसद् सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग...
काठमाण्डु, १ वैशाख – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा शुद्धता भएपछि मात्र मुलुक सार्थक विकासको बाटोमा अगाडि बढ्ने बताएका छन् । रारा साहित्य प्रतिष्ठानको आयोजनामा संयुक्त रचना वाचन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेपालमा भएको प्राकृतिक सम्पन्नता र सुन्दरताको उपयोगका लागि राजनीतिमा...
काठमाण्डु, १ वैशाख – सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल...
काठमाण्डु, १ वैशाख – नेपाल कम्युनिष्टका महासचिव विष्णु पौडेल बालुवाटारको सरकारी जग्गा किने विषयमा विवादमा मुछिएका छन् । सरकारले मुअब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासको चर्चेको जग्गा व्यक्तिको नाममा गएको विषयले खुबै चर्चा पायो । देशको प्रधानमन्त्री बस्ने सरकारी जग्गा नेकपा महासचिव पौडेलको नाममा...
काठमाण्डु, १ वैशाख – आइतबार बिहान लुक्लामा भएको विमान दुर्घटनामा कोपाइलटसहित तीन जनाको मृत्यु भयो । समिट एयरका कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका २ असईको ज्यान गएको हो । सुरक्षामा खटिएका नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठ र रामबहादुर खड्काको मृत्यु भएको हो । आज बिहान...