काठमाण्डुमा कसले दियो प्रहरीलाई साढे तीन लाख घुस ?

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १०:५८ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – काठमाण्डुको चमतीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । आइतबार राति चमतीमा चेकिङको क्रममा प्रहरीलाई साढे तीन लाख रुपैयाँ घुस खुवाउन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरपालिका–१५ चमतीमा चेकिङको क्रममा बा ५ ख ४८४२ नम्बरको बसमा अवैध रूपमा कपडा ल्याउँदै गरेका एक महिलासहित तीन जनालाई प्हरीले पक्राउ गरेको छ ।

प्रहरीलाई घुस दिन खोज्ने बस चालक सर्लाही हरिपुर–१ का २६ वर्षीय श्याम विश्वकर्मा, बसमा रहेकी सुर्खेतकी ३२ वर्षीया दीपा राना मगर र नुवाकोट ककनी–२ का २९ वर्षीय भरत तामाङलाई आइतबार राति पक्राउ गरिएको हो ।

दिउँसो पत्रकार सम्मेलन गरेर अभियुक्तसहित घटनाको विस्तृत जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us