राष्ट्रपति भण्डारी ११ गते चीन जाने, तिब्बत पुगेर नेपाल फर्किने

काठमाण्डु टुडे २०७६ वैशाख २ गते ११:४८ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी गत वैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छन् । अप्रित २५देखि बेइजिङमा बेल्ट एन्ड रोड इनिसियटिभ(बिआरआई)को दोस्रो शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति चीन जान लागेकी हुन् ।

उनी ११ गते चीन जाने भनिए पनि उनको भ्रमणको आधिकारिक तालिका सार्वजनिक गरिएको छैन् । राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम तय भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको जन्मघरसमेत रहेको सियानमा भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तिय नेताहरुसँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनी बेइजिङ जाने छिन् ।

साथै नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङमा सुरु हुने बागबननी प्रर्दशनीमा सहभागी हुनेछिन् ।

साथै बेइजिङको भ्रमण सकेर राष्ट्रपति भण्डारी तिब्बत जाने कार्यक्रम छ । तिब्बत भ्रमण सकेर राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्किने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us