
काठमाण्डु, २ वैशाख– नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुत्तीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा विभूषित भएको पाइएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएको फेला परेको हो । मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उतीर्ण नगरी डा. लेख्ने अधिकार हुँदैन । तर क्षेत्रीलाई चिकित्सकको हैसियतमा पदक दिइएको खुल्न आएको छ ।
बंगलादेशबाट एमबीबीएस गरेको थापा मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुत्तीर्ण भए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ठाडो सिफारिसका आधारका पदक हात पार्न सफल भएको गृह मन्त्रालय उच्च स्रोतको भनाइ छ ।
नागरिक दैनिकबाट