कालापानीमा मोटरसाइकल पल्टियो

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १०:१७ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा मोटरसाइकल दुर्घटनामा हुँदा आइतबार बेलुका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको सीतापुर नगरपालिका–५ बस्ने ३४ वर्षीय जीतेन्द्र चौधरी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा परी सप्तरी सीतापुर–५ कै मोटरसाइकल चालक २५ वर्षीय दुर्गानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको उपचार बर्दिवासस्थित जनसेवा अस्पतालमा भइरहेको छ ।

काठमाण्डुबाट स ८ प ४३७६ नम्बरको मोटरसाइकलमा चढेर दुवै जना सप्तरी जाँदै गर्दा बर्दिवास नपा–३ कालापानीमा मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us