शेयर बजारः दोहोरो अङ्कले वृद्धि

२०७६ वैशाख ३ गते १६:५१

काठमाण्डु, ३ बैशाख –धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो ।share यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...

‘एमर्जिङ प्लेयर अवार्ड’को दावेदार खेलाडीमा परे सन्दीप लामिछाने

२०७६ वैशाख ३ गते १६:४२

काठमाण्डु, ३ बैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ...

पूर्वराजा ज्ञानेन्द्रको गाडीले मोटरसाइकलाई ठक्करः प्रकाश चौधरीको ज्यान गयो

२०७६ वैशाख ३ गते १६:३८

काठमाण्डु, ३ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहको कारको ठक्करले घाइते भएका सुनसरी इटहरीका प्रकाश चौधरीको मृत्यु भएको छ । इटहरी– ९ का स्थायी बासिन्दा चौधरीको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । घटनामा उनका साथी इटहरी–९ कै २२ वर्षीय हेम चौधरीको गत...

अखिल क्रान्तिकारीका कार्यबाहक अध्यक्ष भन्छन्– यहाँ ठूलो लुटापाट चल्यो, अब आन्दोलनको आँधीबेहरी ल्याउँछौं

२०७६ वैशाख ३ गते १४:०५

सत्तारूढ नेकपानिकट अनेरास्ववियू क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत इमान्दार, वौद्धिक र जुझारु विद्यार्थी नेताका रुपमा चिनिन्छन् । क्रान्तिकारीको संस्थापक प्रवक्ता, सचिव , उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी लिएका बस्नेत हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । तत्कालीन माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्धमा बस्नेतका...

ललीता निवास प्रकरणमा सरकार भन्छ–विष्णु पौडेल ठगिए, ठगबाट क्षतिपूर्ति भराइन्छ

२०७६ वैशाख ३ गते १२:५०

बुटवल, ३ वैशाख– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपाका महासचिव विष्णु पौडेल बालुवाटारको ललीता निवास किनबेच प्रकरणमा ठगीमा परेको दाबी गरेका छन् । उनले पौडेल पीडित भएकाले ठग्नेबाट क्षतिपूर्ति उठाइने बताए । उनले पौडेलले नक्कल कागजका आधारमा जग्गा किनबेच गर्दा...

बुद्ध एयरले मन्त्री बाँस्कोटालाई एयरपोर्टमै छोडेर उडेपछि…

२०७६ वैशाख ३ गते १२:१३

बुटवल, ३ बैशाख – सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई छाडेर उडेको थियो । मंगलवार बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख ३ गते १२:०३

काठमाण्डु, ३ बैशाख – मंगलबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३३ पैसा...

सनीको भिडियो बन्यो भाइरल

२०७६ वैशाख ३ गते ११:४८

एजेन्सी – पूर्व पोनस्टार एवम् अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । केही दिनदेखि उनले आफ्नो इन्टाग्राममा भिडियो र फोटो सेयर गरिरहेकी छन् । यसै क्रममा हालै उनले एक भिडियो सेयर गरेकी छन् जुन रातारात भाइरल बनेको छ । भिडियो दक्षिण क्षेत्रको कुनै...

पर्वतमा चट्याङ लागेर एक जनाको मृत्यु

२०७६ वैशाख ३ गते ११:३९

 पर्वत, ३ बैशाख – सोमबार साँझ चट्याङबाट पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर २२ वर्षीया तारादेवी पुनको ज्यान गएको हो । घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्‍याइएको थियो ।...

मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

२०७६ वैशाख ३ गते ११:३६

चितवन, ३ बैशाख – इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी...

तीन दिनको मौसमबारे विभागबाट आयो यस्तो खबर

२०७६ वैशाख ३ गते ११:२८

काठमाण्डु, ३ बैशाख – आज (मंगलबार) पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने पश्चिमी वायु केही घण्टाभित्र नेपालको पश्चिमी...

पेरिसको चर्चित ८ सय वर्ष पुरानो चर्चमा आगलागी

२०७६ वैशाख ३ गते ११:१७

एजेन्सी – पेरिसको चर्चित प्राचीन नोट्र–डाम क्याथेड्रलमा भीषण आगलागी भएको छ । यो भवन ८ सय ५० वर्ष पुरानो हो । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । उक्त चर्चको पुनर्निर्माणको काम भइरहेको थियो र यसैकारण आगलागी भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us