शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते १६:५१ मा प्रकाशित

काठमाण्डु, ३ बैशाख –धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो ।share

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०.२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता शेयर रु ७४ करोड २७ लाख १८ हजार ७५१ मूल्यमा खरीद बिक्री भयो ।

कारोवार भएका दश उपसमूहकै आज शेयर बढेको छ । बैंकिङ २९.४१, होटल १४, विकास बैंक २०.०२, जलविद्युत् ५.८९, वित्त १०.७४, निर्जीवन बीमा ४८.९२, उत्पादन २.४६, अन्य २.९३, लघुवित्त ३५.८ र जीवन बीमा ८०.१९ बिन्दुले बढेको छ ।

कारोवार रकमका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । उक्त बैंकको रु छ करोड ७० लाख ६० हजार ५६८, एनआइसिएशिया बैंक रु चार करोड ९८ लाख २१ हजार ६३९, प्रभु बैंक रु चार करोड ५८ लाख ७९ हजार ७०१, सिभिल बैंक रु तीन करोड ३२ लाख ९३ हजार ५५८, नेपाल बैंक लिमिटेड रु तीन करोड २४ लाख ९० हजार ७१५, कुमारी बैंक रु दुई करोड ७५ लाख ७४ हजार २८४, नेपाल क्रेडिट एण्ड कमर्स बैंक रु दुई करोड ३० लाख ९१ हजार १५९, साना किसान विकास बैंक रु दुई करोड २४ लाख २० हजार ४४० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ६.६७ प्रतिशतले कमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ६.५४, सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९६, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५.५६, प्रभु बैंक ५.१८, सिद्धार्थ बैंकका शेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ३.२२ प्रतिशतले गुमाए । एभरेष्ट इन्स्योरेन्स कम्पनी २.३४, समुन्नती माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक २.३०, सिनर्जी पावरका शेयरधनीले १.९० प्रतिशतले गुमाए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us