पेरिसको चर्चित ८ सय वर्ष पुरानो चर्चमा आगलागी

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते ११:१७ मा प्रकाशित

एजेन्सी – पेरिसको चर्चित प्राचीन नोट्र–डाम क्याथेड्रलमा भीषण आगलागी भएको छ । यो भवन ८ सय ५० वर्ष पुरानो हो ।

आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । उक्त चर्चको पुनर्निर्माणको काम भइरहेको थियो र यसैकारण आगलागी भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

आगो निभाउने प्रयास जारी छ । गत वर्ष यो क्याथोलिक चर्चलाई बचाउनका लागि मानिसहरुसँग सहयोगको अपिल गरिएको थियो । निकै पुरानो भएका कारण यो भवन जर्जर अवस्थामा थियो ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो घटनास्थलमा पुगेका छन् । आफ्नो समवेदना यो दुर्घटनाबाट आहत भएका सम्पूर्ण क्याथोलिक र फ्रान्सका जनतासँग भएको उनले बताएका छन् ।

उनले भने, ‘सबै जनताझैं म पनि आज निकै दुःखी छु । हाम्रो एउटा हिस्सा जलिरहेको देख्दा मलाई निकै पीडा भइरहेको छ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us