
पर्वत, ३ बैशाख – सोमबार साँझ चट्याङबाट पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा एक महिलाको ज्यान गएको छ । चट्याङ लागेर २२ वर्षीया तारादेवी पुनको ज्यान गएको हो ।
घरमा सुतिरहेको बेलामा चट्याङ लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा नै उनको ज्यान गएको अस्पतालले जनाएको छ ।