मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

२०७६ वैशाख ३ गते ११:३६

चितवन, ३ बैशाख – इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी...

तीन दिनको मौसमबारे विभागबाट आयो यस्तो खबर

२०७६ वैशाख ३ गते ११:२८

काठमाण्डु, ३ बैशाख – आज (मंगलबार) पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने पश्चिमी वायु केही घण्टाभित्र नेपालको पश्चिमी...

पेरिसको चर्चित ८ सय वर्ष पुरानो चर्चमा आगलागी

२०७६ वैशाख ३ गते ११:१७

एजेन्सी – पेरिसको चर्चित प्राचीन नोट्र–डाम क्याथेड्रलमा भीषण आगलागी भएको छ । यो भवन ८ सय ५० वर्ष पुरानो हो । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । उक्त चर्चको पुनर्निर्माणको काम भइरहेको थियो र यसैकारण आगलागी भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।...

ट्रम्पकोे यस्तो ट्वीटः जसले अमेरिकी सांसदको ज्यान जोखिममा पर्यो

२०७६ वैशाख ३ गते ११:०४

एजेन्सी – अमेरिकी सांसद इल्हान ओमरले राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दा आफूलाई आउने हत्याको धम्कीमा बृद्धि भएको बताएकी छिन् । केही दिन अघि ट्रम्पले ओमरले अघिल्लो महिना दिएको एक भाषणलाई ९–११ को भिडियोसँग जोडेर देखाएका थिए । ओमरले राष्ट्रपति ट्रम्पले आफूविरुद्ध उग्र–दक्षिणपन्थी हिंसाका लागि प्रोत्साहन...

खोटाङको हलेसीमा बस पल्टियो, १ को मृत्यु, १४ जना घाइते

२०७६ वैशाख ३ गते १०:५१

काठमाण्डु, ३ बैशाख – खोटाङको हलेसीमा बस दुर्घटना भएको छ । काठमाण्डुबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११...

प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्रीले हस्तान्तरण गरेको प्रमाणपत्र नै नक्कली !

२०७६ वैशाख ३ गते ८:३९

काठमाण्डु, ३ वैशाख– प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ । सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको छ...

बालुवाटार किन्नेहरु परिवारै लिएर भागेपछि…

२०७६ वैशाख ३ गते ८:३५

काठमाण्डु, ३ वैशाख– बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन् । ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन...

अन्ततः नेकपामा पेलिने नै भए माधव नेपाल

२०७६ वैशाख ३ गते ८:२८

काठमाण्डु, ३ वैशाख– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन...

राष्ट्रपति भण्डारीद्वारा विप्लव निकटलाई पनि पदक

२०७६ वैशाख ३ गते ८:२३

काठमाण्डु, ३ वैशाख– ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन् । भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी...

नारायणी अस्पतालको महँगो मेशिन सस्तोसँग सुटुक्क साटियो

२०७६ वैशाख ३ गते ६:४०

काठमाण्डु, ३ वैशाख– नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ । करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन...

नेपालको स्याटेलाइट अमेरिकाबाट उड्ने भएपछि…

२०७६ वैशाख ३ गते ६:३१

काठमाण्डु, ३ वैशाख– नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना –१ र जापानको उगिसु भू–उपग्रह पनि...

उपत्यकामा नयाँ ट्याक्सी दर्ता खुल्यो

२०७६ वैशाख ३ गते ६:१४

काठमाण्डु, ३ वैशाख– सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ । सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us