नारायणी अस्पतालको महँगो मेशिन सस्तोसँग सुटुक्क साटियो

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते ६:४० मा प्रकाशित

काठमाण्डु, ३ वैशाख– नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ ।

करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख पर्ने मेगलमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब २५ दिन अगाडि साटिएको प्रयोगशालाका कर्मचारीले दाबी गरेका छन् ।
महँगो मेसिन साटेर करिब ४ लाख ५० हजार पर्ने चीनमा बनेको जिसेन सीआईए ६०० किलिया एनालाइजर प्रयोगशालामा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार पुरानो किलिया मेसिन सप्लायर्सले काठमाण्डुको एक ल्याबमा बिक्री गरिसकेको छ । सप्लायर्स ल्याब इन्चार्ज र मेडिकल सुपरिटेन्डेन्टको मेलिमतोमा मेशिन साटिएको दाबी स्रोतले गरेको छ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us