बुटवल, ५ बैशाख – पाल्पामा भएको जीप दुर्घनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । रम्भादेवि गाउँपालिका–३, देउराली भन्ने स्थानमा लु१ज १७८६ नम्वरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–२ सुरुमडाँडाका ३० वर्षीय चालक लालबहादुर सिंजालीको मृत्यु भएको हो ।...
काठमाण्डु, ५ बैशाख – बिहीबार छापावाल सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको...
काठमाण्डु, ५ बैशाख – देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् । अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार(आज) बिहान धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ,...
काठमाण्डु, ५ बैशाख – उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरिक्षमा नेपालको सहभागिता हुनु खुशी र गौरवको विषय भएको बताएका छन् । आज बिहान २ बजेर ३१ मिनेट जाँदा नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’को प्रक्षेपण भएको अवसरमा एक सन्देश दिँदै उनले नेपाली भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकोमा खुशी व्यक्त...
हेटौंडा, ५ बैशाख – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको अवज्ञा गरेको आरोपमा मकवानपुरमा दुई वटा सवारीसाधनमाथि आगजनी भएको छ । भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा बोक्ने जिपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...
काठमाण्डु, ५ बैशाख – भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगित गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन...
पाल्पा, ५ वैशाख – जिल्लाको रिब्दीकोट गाउँपालिकामा बम विस्फोट भएको छ । बिहीबार बिहान २ बजेको समयमा गाउँपालिका कार्यालय भवनमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी बिश्वमणी पोखरेलले बताए । बम विस्फोटका कारण सेवाग्राहीहरुका लागि बनाइएको प्रतिक्षालय र गाँउपालिका कार्यालयको...
गलकोट, ५ वैशाख – बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो । उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं...
काठमाण्डु, ५ वैशाख – अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरुले सुझाब दिएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको जोखिम बढी हुने उनीहरुको भनाई छ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा. श्रीराम शर्माका...
काठमाण्डु, ५ वैशाख – नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको प्रभाव काठमाण्डुमा न्यून छ । निजी सवारी साधन निर्वाध चलिरहेका छन् भने सार्वजनिक सवारी साधन सदाको तुलनामा केही कम मात्र चलिरहेका छन् ।jam-road-koteshwor-jadibuti राजधानीमा बन्दले असर नगरेपनि देशका विभिन्न स्थानमा बम विस्फोट, शंकास्पद...
भक्तपुर, ५ वैशाख – भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा बस र टिपर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । भक्तपुरबाट काभ्रेको बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ बस र विपरित दिशाबाट आउँदै गरको बा ४ ख ४८१५ को टिपर...
काठमाण्डु, ५ वैशाख – पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको र उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ । यस्तै लेखनाथस्थित...