रिब्दीकोट गाउँपालिकामा बम विस्फोट

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते १०:५३ मा प्रकाशित

पाल्पा, ५ वैशाख – जिल्लाको रिब्दीकोट गाउँपालिकामा बम विस्फोट भएको छ । बिहीबार बिहान २ बजेको समयमा गाउँपालिका कार्यालय भवनमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी बिश्वमणी पोखरेलले बताए ।

बम विस्फोटका कारण सेवाग्राहीहरुका लागि बनाइएको प्रतिक्षालय र गाँउपालिका कार्यालयको कम्प्यूटरमा क्षति पुग्नुका साथै झ्यालका सिसा फुटेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

बम विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् । बिहीबार नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको समुहले आयोजना गरेको नेपाल बन्दको कारण विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us