सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – बिहीबार छापावाल सुनको भाउ तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बुधबार सुनको भाउ तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us