
भक्तपुर, ५ वैशाख – भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा बस र टिपर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
भक्तपुरबाट काभ्रेको बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ बस र विपरित दिशाबाट आउँदै गरको बा ४ ख ४८१५ को टिपर आपसमा ठोक्किँदा बसका मालिक सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका– ३ का ३४ वर्षीय रमेश भण्डारीको मृत्यु भएको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक चौतारा साँगाचोक–३ कै २४ वर्षीय सन्तोष थापा र २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भएका छन् ।
उनीहरुको भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।