
काठमाण्डु, ५ वैशाख – नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको प्रभाव काठमाण्डुमा न्यून छ । निजी सवारी साधन निर्वाध चलिरहेका छन् भने सार्वजनिक सवारी साधन सदाको तुलनामा केही कम मात्र चलिरहेका छन् ।jam-road-koteshwor-jadibuti
राजधानीमा बन्दले असर नगरेपनि देशका विभिन्न स्थानमा बम विस्फोट, शंकास्पद वस्तु फेला, आगजनी र सवारी साधन गुडेका छैनन् ।
पृथ्वी राजमार्गमा बन्दको प्रभाव ज्यादा छ । उक्त राजमार्गमा सार्वजनिक सवारी साधन गुडेका छैनन् भने निजी सवारी साधन फाट्टफुट्ट मात्रै चलेको छ ।
यसैगरी, दोलखाको चरिकोटमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु समस्यामा परेका छन् । विप्लवको बन्दका कारण तराई र पहाडी जिल्ला प्रभावित भएका छन् ।