
काठमाण्डु, ५ बैशाख – देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।
अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार(आज) बिहान धर्ना दिएका हुन् ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा अहिले पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिइरहेका छन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ ।
ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए ।