काठमाण्डुवासीलाई लुम्बिनी भ्रमणको निम्तो

२०७६ वैशाख २५ गते १२:५०

काठमाण्डु, २५ वैशाख – शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाण्डु आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण...

राति घरमै छिरेर वृद्ध दम्पतीमाथि कुटपिट, गरगहना लुटियो

२०७६ वैशाख २५ गते १२:४५

चितवन, २५ वैशाख – पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय...

माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु

२०७६ वैशाख २५ गते १२:३९

तनहुँ, २५ वैशाख – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाण्डुबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाण्डुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

अमेरिकासँग नझुक्नूः राष्ट्रपति सी

२०७६ वैशाख २५ गते १२:३५

एजेन्सी । दुई शक्ति राष्ट्र अमेरिका र चीनबीच झन्डै ८ महिनादेखि जारी व्यापार युद्ध तत्काल नटुंगिने छाँट देखिएको छ । अहिलेसम्म वासिङट्न र बेइजिङमा १० पटक वार्ता भएका छन् । अर्को वार्ता यही साता वासिङट्नमा हुँदैछ । उक्त वार्तामा चिनियाँ उपप्रधानमन्त्री लिऊ हे पनि...

पाकिस्तानमा बम बिस्फोट, आठ जनाको ज्यान गयो

२०७६ वैशाख २५ गते १२:२३

पाकिस्तान, २५ वैशाख – पाकिस्तानको लाहोरमा बम विस्फोट भएको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार, लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर भएको विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएको पाकिस्तानी समाचार संस्थाले जनाएको छ ।...

प्रधानमन्त्रीले ‘निम्छरा’ भनेपछि रामचन्द्रले दिए यस्तो प्रतिक्रिया

२०७६ वैशाख २५ गते १२:१८

सिन्धुली, २५ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त भएको बताएका छन् । सिन्धुली सदरमुकाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले प्रधानमन्त्रीको अहंकारले संसदको मर्यादामाथि पटक–पटक प्रहार गरेको बताए...

महाकाली नदीमा बेपत्ता सहायक लेखापालको शव भेटियो

२०७६ वैशाख २५ गते ११:४४

डडेल्धुरा, २५ वैशाख – महाकाली नदीमा डुबेर बेपत्ता भएका भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पालको शव भेटिएको छ । महाकालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका २५ वर्षीय पालको बुधबार शव फेला परेको हो । परशुराम नगरपालिका–५ परशुरामधामको तीन किलोमिटर माथि कल्पटेखानको पारी भारतीय क्षेत्रमा...

पाल्पामा पाइप गाड्दा ग्यास निस्कियो

२०७६ वैशाख २५ गते ११:४२

पाल्पा, २५ वैशाख – माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमिनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमिनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको...

ट्रकबाट खसेर जन्तीको ज्यान गयो

२०७६ वैशाख २५ गते ११:३०

सिन्धुपाल्चोक, २५ वैशाख – सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ । म‌ंगबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको पछाडि बसेर जन्तीबाट...

ऋतिक रोशन र कंगनाको भीडन्त !

२०७६ वैशाख २५ गते ११:२७

एजेन्सी । बलिउड नायक ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ले जनवरीमा आफ्नो रिलिज मिति पक्का गरेको थियो । तर, सोही मितिमा नायिका कंगना रनावत अभिनित ‘मनिकर्णिका’ पनि रिलिज हुने भएपछि ऋतिकले उक्त मिति छाडेका थिए । ऋतिक र कंगनाबीच निकै ठुलो द्वन्द्व छ ।...

डिभीको नतिजा हेर्ने वेबसाइटमा समस्या

२०७६ वैशाख २५ गते ११:०८

काठमाण्डु, २५ वैशाख – एकै पटक अत्यधिक ‘एक्सस’ भएपछि अमेरिकी डाइभर्सिटी भिषा (डिभी) २०२० को नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या देखिएको छ । युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले ट्विट गर्दै डिभी आवेदकले एकै पटक उच्च संख्यामा ‘एक्सेस’ गरिरहेको जनाएको छ ।...

बास्केटबल टिमका प्रशिक्षकलाई १ सय ८० वर्ष जेल

२०७६ वैशाख २५ गते ११:०१

एजेन्सी । अमेरिकाका युवा बास्केटबल टिमका एक जना प्रशिक्षकलाई यौन शोषणको आरोपमा १ सय ८० वर्ष जेल सजाय सुनाइएको छ । ४३ वर्षका ग्रेग स्टेफनलाई चार सय जना केटालाई यौन शोषण गरेकामा अमेरिकाको एक अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो । स्टेफनले १...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us