शान्ति मिसनमा गएका सेनाको हत्या

२०७६ जेठ ५ गते १७:४३

एजेन्सी । अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ । अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका...

कुवेत जान लागेका नेपाली महिलाको साउदीबाट उद्धार

२०७६ जेठ ५ गते १७:३५

साउदी, ५ जेठ – घरेलु कामदारका रूपमा नेपालबाट कुवेत जान लागेका दुई नेपाली महिलाको साउदी अरबबाट उद्धार गरिएको छ । रियादस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रूपमा काम गर्न भन्दै दलालमार्फत गैरकानुनी तरिकाले साउदी पुगेका ती महिलालाई उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकाहरूमा पाँचथर...

रोजगार कार्यालय अनुगमनमा पुगे श्रममन्त्री

२०७६ जेठ ५ गते १७:२७

काठमाण्डु, ५ जेठ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले रोजगार कार्यालयमा आवश्यक जनशक्ति र अन्य स्रोत साधन उपलब्ध गराउने बताएका छन् । आइतवार दिउँसो जनकपुरस्थित रोजगार कार्यालयमा अनुगमन गर्न पुगेका मन्त्री बिष्टले कार्यालय निरीक्षण गरेका थिए । केही समय कर्मचारी र...

गुफा पसेपछि नरेन्द्र मोदीविरुद्ध उजुरी

२०७६ जेठ ५ गते १६:५८

एजेन्सी । अनैतिक र आचारसंहिता विपरित भन्दै चुनाव आयोगमा उजुरी परेको छ । मौन अवधिमा आफ्नो भ्रमणबारे व्यापक मिडिया कभरेज गराएर मोदीले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै विपक्षी कांग्रेस आइका सांसद प्रदीप भट्टाचार्यले उजुरी दिएका हुन् । उजुरीमा उनले तत्काल मिडिया कभरेज बन्द गराउन...

राष्ट्रियसभामा समितिको प्रतिवेदन पेस

२०७६ जेठ ५ गते १६:५४

काठमाण्डु, ५ जेठ – राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको प्रतिवेदन प्रस्तुत गरिन् । समतिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय वषियक अन्तर्क्रयिाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ । सो समतिकिा सदस्यमा इन्दु कडरिया, कोमल...

नागरिक उड्डयनलाई लेखा समितिले दियो यस्तो निर्देशन

२०७६ जेठ ५ गते १६:३९

काठमाण्डु, ५ जेठ – प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारबाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथाशीघ्र बक्यौता उठाउने कारबाही अघि बढाउन निर्देशन दिएको हो । साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ...

नागढुंगामा २९ लाखसहित एक जना पक्राउ

२०७६ जेठ ५ गते १६:२५

काठमाण्डु, ५ जेठ – महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको २९ लाख ९८ हजार रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही साविक हेमपुरका २८ वर्षीय रविन्द्र राय रहेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख ज्ञानबहादुर खड्का नेतृत्वको टोलीले चन्द्रागिरी...

विमान उडेको एक मिनेटमै समुन्द्रमा खस्यो

२०७६ जेठ ५ गते १६:११

एजेन्सी । विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटना भएको छ । होन्डुरसको रोटान द्वीपमा भएको उक्त सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । प्रहरीका अनुसार रोटानको विमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त विमान डिक्सन कोभ...

परिवारसहित बैंकक उडे ज्ञानेन्द्र

२०७६ जेठ ५ गते १६:०५

काठमाण्डु, ५ जेठ – पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्डको बैंकक उडेका छन् । आइतबार उनी पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित थाइ एयरवेजको विमान चढेर बैंकक उडेका हुन् ।  पूर्वराजा स-परिवार बैंकक गए पनि कति दिन त्यहाँ बस्ने भन्ने अहिले खुलेको छैन । पारस–हिमानीका छोरीहरू कृतिका...

‘जात्रै जात्रा’ का निर्देशक नेपालको राजकुमार हिरानीः अमर न्यौपाने

२०७६ जेठ ५ गते १५:५५

काठमाण्डु, ५ जेठ – साहित्यकार अमर न्यौपानेले निर्देशक प्रदीप भट्टराईलाई नेपालको राजकुमार हिरानी भन्दै प्रशंसा गरेका छन् । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’ हेरेपछि साहित्यकार न्यौपानेले भट्टराईलाई भारतीय चलचित्र उद्योगमा सफल निर्देशक राजकुमार हिरानीसँग तुलना गरेका हुन् । ‘यस (जात्रै जात्रा) फिल्मका लेखक...

विश्व र्‍याफ्टिङमा नेपाल १० औँ स्थानमा

२०७६ जेठ ५ गते १५:४९

एजेन्सी । नेपालले विश्व र्‍याफ्टिङ च्याम्पियनशिपमा १० औँ स्थान हासिल गरेको छ । अष्ट्रेलियामा सम्पन्न वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिप डब्ल्यूआरसी को खुल्ला पुरुषतर्फ नेपाली टोली समग्रमा १० औँ स्थान हासिल गर्न सफल भएको हो । नेपालले खुल्ला पुरुष स्प्रिन्टमा ७९ अंकसहित पाँचौ स्थान हासिल गरेको...

स्वास्थ्य शिक्षा अस्तव्यस्त भयो भन्दै फेरि गर्जिए डा. केसी

२०७६ जेठ ५ गते १५:३७

काठमाण्डु, ५ जेठ – चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले पछिल्लो समय विचौलिया तथा दलीय चाटुकारीका कारण बदनामी कमाएका व्यक्तिहरुलाई न्यायालय प्रवेश गराइएपछि मेडिकल शिक्षालाई अस्तव्यस्त बनाउने क्रम फेरि सुरु भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us