कुवेत जान लागेका नेपाली महिलाको साउदीबाट उद्धार

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १७:३५ मा प्रकाशित

साउदी, ५ जेठ – घरेलु कामदारका रूपमा नेपालबाट कुवेत जान लागेका दुई नेपाली महिलाको साउदी अरबबाट उद्धार गरिएको छ । रियादस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रूपमा काम गर्न भन्दै दलालमार्फत गैरकानुनी तरिकाले साउदी पुगेका ती महिलालाई उद्धार गरिएको जनाएको छ ।

उद्धार गरिएकाहरूमा पाँचथर स्थायी घर भएकी उर्मिला राई र सिन्धुपाल्चोक स्थायी घर भएकी पूर्णीमाया तामाङ रहेको दूतावासले सूचना जारी गर्दै उल्लेख गरेको छ । दुवै महिला भनिएजस्तो सेवा सुविधा नपाएको र समस्यामा परेको भनी उद्धार गरिदिन माग गर्दै राजदूतावास पुगेका थिए ।

‘उनीहरूको बहिर्गमनका लागि भिसालगायत आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी आज एयर अरेबियाको हवाई उडानमार्फत नेपाल पठाइएको छ’, नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us