
काठमाण्डु, ५ जेठ – पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित थाइल्याण्डको बैंकक उडेका छन् । आइतबार उनी पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित थाइ एयरवेजको विमान चढेर बैंकक उडेका हुन् ।
पूर्वराजा स-परिवार बैंकक गए पनि कति दिन त्यहाँ बस्ने भन्ने अहिले खुलेको छैन ।
पारस–हिमानीका छोरीहरू कृतिका र पूर्णिका अध्ययन गरिराखेको शैक्षिक संस्थाको दीक्षान्त समारोहमा सहभागी हुन पूर्वराजाका परिवार बैंकक गएका हुन् ।
थाइएयरको विमानबाट ब्याङक्क तर्फ लागेका पूर्व राजदम्पती अगाडि नै बुहारी हिमानी दुई छोरीहरुका साथ त्यहाँ पुगिसकेकी छन् । उनीहरू करिब एक महिना बैंकक रहने कार्यक्रम छ ।