
काठमाण्डु, ५ जेठ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले रोजगार कार्यालयमा आवश्यक जनशक्ति र अन्य स्रोत साधन उपलब्ध गराउने बताएका छन् ।
आइतवार दिउँसो जनकपुरस्थित रोजगार कार्यालयमा अनुगमन गर्न पुगेका मन्त्री बिष्टले कार्यालय निरीक्षण गरेका थिए ।
केही समय कर्मचारी र सेवाग्राहीसँग भलाकुसारी गरेका मन्त्री बिष्टले कार्यालय व्यवस्थित स्थानमा सारेर सेवाग्राहीलाई सहज सेवा दिन निर्देशन पनि दिए ।
बिष्टले मन्त्रालयले कार्यालयमा आवश्यक जनशक्ति र स्रोत साधनहरू उपलब्ध गराउन पहल गर्ने पनि बताए ।