गुफा पसेपछि नरेन्द्र मोदीविरुद्ध उजुरी

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १६:५८ मा प्रकाशित

एजेन्सी । अनैतिक र आचारसंहिता विपरित भन्दै चुनाव आयोगमा उजुरी परेको छ । मौन अवधिमा आफ्नो भ्रमणबारे व्यापक मिडिया कभरेज गराएर मोदीले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै विपक्षी कांग्रेस आइका सांसद प्रदीप भट्टाचार्यले उजुरी दिएका हुन् ।

उजुरीमा उनले तत्काल मिडिया कभरेज बन्द गराउन आयोगसमक्ष माग गरिएको छ । ध्यान गर्ने भन्दै शनिबार केदारनाथ पुगेका मोदी मिडियामा छाएपछि विपक्षी दल आक्रोशित भएको हो ।

‘प्रत्यक्ष–परोक्ष जसरी होस् । मोदी मतदातालाई प्रभावित पार्न चाहन्छन्’, भट्टाचार्यले उजुरीमा भनेका छन्, ‘यो अनैतिक कार्य हो ।’

केदारनाथको गुफामा ध्यानमा बस्ने बित्तिकै मोदीको फोटो र भिडियो मिडियामा छाउन थालेको थियो । उनले आइतबार सबेरै बद्रिनाथ प्रस्थान गर्नु अघि मिडियासँग कुराकानी पनि गरेका थिए ।

आयोगले आचारसंहिता नभुल्न सचेत गराउँदै मोदीलाई उत्तराखण्ड भ्रमणको अनुमति दिएको थियो । तृणमूल कांग्रेसले पनि हिन्दु जनमत आकर्षित गर्न मोदीले नाटक गरेको आरोप लगाउँदै उजुरी दिएको छ ।

मौन अवधिमा केदारनाथ विकासको गुरुयोजना घोषणा गरेरु मोदीले आचासंहिता नाघेको तृणमूलको भनाई छ । मोदी यसअघि पनि अभिनेता अक्षय कुमारसँगको अन्तर्वार्ताका कारण विवादमा तानिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us