पाँचथर, २० जेठ – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने बताएकी छिन् । प्रेस सङ्गठन पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नागरिकले राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै चित्त बुझाउने अवस्था...
प्युठान, २० जेठ – प्युठानमा चट्याङले लागेर एक वृद्ध महिलाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङले लाग्दा नौबहिनी गाउँपालिका–५, डाम्रीकी ६४ वर्षीय गोठी बुढामगरको मृत्यु भएको हो । आइतबार स्थानीय काढे जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङले लागेको थियो । घाइते भएकी...
काठमाण्डु, २० जेठ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् । संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।...
काठमाण्डु, २० जेठ – गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ । गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको यस गीत एमवी कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस भिडियोमा अन्जली अधिकारी, रबिन...
काठमाण्डु, २० जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना महाशाखाले जनाएको...
हेटौँडा, २० जेठ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाण्डुको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा...
काठमाण्डु, १९ जेठ– बालुवाटारस्थित ललितानिवासको हडपिएको जग्गा फिर्तासम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको छ । व्यक्तिले हडपेको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी जग्गा फिर्तासम्बन्धमा भूमि व्यवस्था मन्त्रालयबाट टिप्पणी...
काठमाण्डु, २० जेठ– पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुनुपर्ने विषय उठेसँगै पार्टीभित्र तरंग बढिरहेका बेला आइतबार नेकपाका दुई अध्यक्षले वार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको हो । प्रचण्डसँग एक्लै...
काठमाण्डु, २० जेठ– त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसहित फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचरमा जोडिएको पाएपछि यसअघिका सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत बुधबार काठमाण्डुमा एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो । यसलगत्तै...
काठमाण्डु, १९ जेठ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले पछिल्लो समय विभिन्न सङ्घसंस्थाले हाम्रो धर्म, संस्कृतिमाथि आक्रमण गरिरहेकाले तीनै तहका सरकारले त्यस्ता सङ्गठनलाई दण्डित गर्नुपर्ने बताएका छन् । नारायणस्थान देवस्थल उपभोक्ता समिति, ॐकार परिवार नेपाललगायत संस्थाद्वारा आयोजित ‘श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ’ को शुभारम्भ गर्दै...
काठमाण्डु, १९ जेठ – नेपाल कलाकार संघको यही जेठ २५ गते हुने चुनावको लागि नोमिनेसन कार्यक्रम सम्पन्न भएको छ । १८ गते सम्पन्न नोमिनेसन कार्यक्रममा सरिता लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छिन् । उनी हाल संघमा महा–सचिव पदमा रहेर कार्यभार सम्हालिरहेकी छिन् ।...
पाँचथर, १९ जेठ – हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार तामाङलाई झापाको दमकबाट आज पक्राउ गरिएको हो । फाल्गुनन्द गाउँपालिका निवासी तामाङले...