प्युठानमा चट्याङले लियो एक वृद्धसहित सात बाख्राको ज्यान

काठमाण्डु टुडे २०७६ जेठ २० गते १०:४५ मा प्रकाशित

प्युठान, २० जेठ – प्युठानमा चट्याङले लागेर एक वृद्ध महिलाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङले लाग्दा नौबहिनी गाउँपालिका–५, डाम्रीकी ६४ वर्षीय गोठी बुढामगरको मृत्यु भएको हो ।

आइतबार स्थानीय काढे जंगलमा बाख्रा चराउन गएका बेला उनलाई चट्याङले लागेको थियो ।

घाइते भएकी बुढालाई घरमा ल्याएर उपचार गर्न अस्पताल लाने तयारी गर्दागर्दै आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै चट्याङमा परेर ३ बोका र ४ बाख्रा समेत मरेको स्थानीयले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us