
काठमाण्डु, २० जेठ – गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत ‘अलि अलि काली अलि अलि गोरी’ सार्वजनिक भएको छ ।
गायिका कार्कीको शव्द संगीत र संयोजनमा रहेको यस गीत एमवी कृयशनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । यस भिडियोमा अन्जली अधिकारी, रबिन बिष्ट लगायतको प्रस्तुती रहेको छ । अधिकारीले यसअघि प्रकाश सपूतको ‘गलबन्दी’ गीतमा पनि पस्तुती दिएकी थिइन् ।
ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका हुन् । सन्तोष राजबाहकको कोरियोग्राफ रहेको म्युजिक भिडियोको टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।