आज पनि मेघ गर्जनसहित पानी पर्ने, सचेत रहन आग्रह

काठमाण्डु टुडे २०७६ जेठ २० गते १०:१२ मा प्रकाशित

काठमाण्डु, २० जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका धेरैजसो ठाउँको मौसम बदली भएर हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

भारतको बिहारमा बनेको मौसमी प्रणाली र मनसुनपूर्वको समय भएकाले हुरीबतास र मेघगर्जनसहित पानी पर्ने सम्भावना महाशाखाले जनाएको छ ।

केही ठाउँमा बिहानैदेखि बद्ली भएर पानी परिरहेको छ भने केही ठाउँमा अहिले आशिंक बद्ली भएको र दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासी जानकारी दिइन् ।

भोलि पनि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ तीन दिनको मौसमी अनुमान:

जेष्ठ २०  गते (सोमबार):
दिउँसो: देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशका  केहि  स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति:  देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य वदली र बाँकी भू–भागमा आंशिक बदली रही  देशको पश्चिमी र मध्य भू–भागका  केही  स्थानहरुमा  तथा पुर्वी भू–भागका  थोरै स्थानहरुमा हावाहुरी, मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
 
जेष्ठ २१  गते (मंगलबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा हावाहुरी,मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।
 
जेष्ठ २२   गते (बुधबार):
दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका १/२  स्थानहरुमा  मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us