प्रदीप गिरीले भने–केपी ओली विद्वान !

२०७६ असार १३ गते १९:५७

काठमाण्डु, १३ असार– काँग्रेस सांसद एवं विचारक प्रदीप गिरीले पुस्तकमा कर लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सच्याउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले पुस्तकमा कर लगाइँदा पढ्ने संस्कृति नाश भएर जाने चिन्ता व्यक्त गरे । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष २०७६/०७७ मा...

रामवरणलाई आफैंले जारी गरेको संविधान मन नपरेपछि..

२०७६ असार १३ गते १९:४१

बुटवल, १३ असार– पूर्वराष्ट्रपति रामवरण यादवले शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्वद्ध पक्षलाई आग्रह गरेका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगले प्रभावकारी काम गर्न नसक्दा लामो समयसम्म शान्ति प्रक्रियाका काम ‘पेन्डिङ’ मा रहेको उनको भनाइ थियो । ‘सबै...

भरतपुर नगरपालिकाका पहिलो मेयरको निधन

२०७६ असार १३ गते १९:००

चितवन, १३ असार– भतरपुर महानगरपालिकाका पहिलो मेयर मुक्तिलाल चुकेको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । चुके २०३५ सालमा तत्कालीन भरतपुर नगर पञ्चायतको मेयर निर्वाचित भएका थिए । दोश्रो कार्यकालका लागि उनले २०३९ मा पनि मेयर जिते । यस्तै बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०४९...

नेपाली सेनाले १ लाख ५० हजार फलफूलका बिरुवा रोप्ने

२०७६ असार १३ गते १६:४९

काठमाण्डु, १३ असार– नेपाली सेनाका हरेक जवानले एउटा फलफूलको बिरुवा रोप्ने भएका छन् । सेनाले नेपाल सरकारको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ मा सरिक हुँदै ‘एक जवान एक फलफूल विरुवा’ रोपण अभियान थालनी गरेको छ । अभियानको सुरुआत गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले...

शेरबहादुर देउवाले ओली सरकार ढाल्ने !

२०७६ असार १३ गते १६:३७

काठमाण्डु, १३ असार– प्रमुख विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन् । लोकतन्त्रमाथिको प्रहार नरोके सरकार ढाल्ने देउवाले बताए । राणाशासन, पञ्चायती सरकार र राजा फालेको काँग्रेसका लागि ओली सरकार फाल्न कुनै गाह्रो नहुने दाबी उनको थियो...

चीनमा पाइने सांसारकै जेठो प्रजातिको बिरुवा नेपालमा भोलि रोपिने

२०७६ असार १३ गते १६:१५

काठमाण्डु, १३ असार– वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार (भोलि) वृक्षरोपण गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्ष बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण हुन लागेको हो । वृक्षरोपणको शनिबार बिहान ८ः००...

यस्तो छ कथित सिरिञ्ज आक्रमणकारीकाे नालीबेली

२०७६ असार १३ गते १५:३२

काठमाण्डु, १३ असार– काठमाण्डुमा केही दिनयता ‘सिरिञ्ज आतंक’ का रुपमा परिचित ऋंखलाबद्ध आक्रमणको पर्दाफास भएको छ । आक्रमणकारी युवा सन्तोष कार्की पक्राउ परेपछि यसको सबै तथ्य बाहिर आएको हो । यद्यपि प्रहरीले अझै अनुसन्धान जारी रहेको बताएको छ । को हुन् सन्तोष ? आक्रमणकारी...

गच्छदारका २५ हजार कार्यकर्ता छानिबनमा !

२०७६ असार १३ गते १५:०२

काठमाण्डु, १३ असार– प्रमुख विपक्षी काँग्रेसले विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकता हुँदा गच्छदारसँगै आएका २५ हजार कार्यकर्ताको सदस्यता छानबिन गर्ने भएको छ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा शुक्रबार बसेको समायोजन समिति बैठकले गच्छदार समूहबाट आएकाहरुको क्रियाशील सदस्यता छानबिनका लागि समिति गठन गरेको...

सप्तरीको सप्तकोशीमा पनि देखियो डेङ्गु

२०७६ असार १३ गते ११:४०

सप्तरी, १३ असार– सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको...

प्रधानमन्त्रीले भने– कोही पनि मन्त्री हटाउँदिन

२०७६ असार १३ गते ११:३७

काठमाण्डु, १३ असार– प्रधानमन्त्री केपी ओलीले मन्त्री मण्डल पुनर्गठन नहुने स्पष्ट गरेका छन् । प्रधानमन्त्रीकै सचिवालयका केही व्यक्ति र सरकारमा नरहेका नेकपाका नेताले स्रोतको हवाला दिँदै विभिन्न मिडियामा मन्त्रिमण्डल पुनर्गठनको समाचार लेखाउँदै आएका छन् । नेकपा अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुनै नसक्ने...

युवतीमाथि सिरिञ्ज हान्नेलाई मध्यरातमा प्रहरीले झ्याईंकुटी पारेपछि…

२०७६ असार १३ गते १०:४१

काठमाण्डु, १३ असार– उपत्यकामा युवतीहरुमाथि ऋंखलाबद्ध रुपमा सिरिञ्ज आक्रमणमा संलग्न युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापमा सन्तोष कार्की छन् । पेशाले उनी रेष्टुरेण्ट व्यवसायी हुन् । महाराजगञ्जमा उनको रेष्टुरेण्ट छ । महानगरीय प्रहरी परिसर टेकुको टोलीले कार्कीलाई बिहीबार मध्यरातमा महाराजगञ्जबाट पक्रेको हो...

नेपाली सेनाका जवानद्वार भाई बुहारी बलात्कार

२०७६ असार १३ गते १०:३०

डोटी, १३ असार– जिल्लाको सायल गाउँपालिका–३ का ३५ वर्षीय कृष्ण विष्ट  आफ्नै भाईबुहारी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । छोरालाई पिसाब गराउन बिहीबार राति घरबाहिर निस्केकी बुहारीलाई उनले बलात्कार गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता डिएसपी लालबहादुर धामीले पीडितको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us