काठमाण्डु, १५ असार– प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्चसमेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा...
काठमाण्डु, १५ असार– पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए । कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी...
काठमाण्डु, १५ असार– गत असार १ गते रुपन्देहीको तिलोत्तमामा रहेको गौसालामा राता पहेला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिब एक सयको संख्यामा रहेका ती कामदारले गौसाला परिसरको झाडी फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर...
काठमाण्डु, १५ असार– वर्तमान सरकार फासिवादी बन्दै गएको भन्दै एक समूहले सरकारको विरोधमा आगामी २२ असारमा नेपाल बन्द घोषणा गरेको छ । यसअघि अस्तित्वमा नरहेको नेकपा माओवादी नामको समूहले नेपाल बन्द आह्वान गरको हो । सो पार्टीका मध्य कमाण्ड इन्चार्ज सगुनको नामबाट जारी विज्ञप्तिमा...
काठमाण्डु, १५ असार–प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ । सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेतादेखि नेताका आफन्तसम्मको गोठमा पुगेका छन् । पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ...
काठमाण्डु, १५ असार– सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ...
काठमाण्डु, १५ असार– सामुदायिक वनको सफलताले अन्तर्रा्ष्ट्रिय जगतमा नेपालको नाम राखिरहेका बेला विज्ञहरुले सुझाव दिए, ‘नोट फलाउने वृक्ष रोपौं, हरियाली आफै बढ्छ ।’ विज्ञहरुले वृक्षरोपण अभियानलाई सफल बनाउन सशक्त प्राधिकरण गठन गर्न पनि सुझाव दिएका छन् । सरकारले असार १४ देखि लागु हुनेगरी वृक्षरोपण...
काठमाण्डु, १५ असार– सत्तारुढ नेकपाले जनताको जनवादलाई नै राजनीतिक कार्यदिशा बनाउने भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली यसमा सहमत देखिएका छन् । पार्टी सचिवालयको गत शनिबार बसेको बैठकमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुपर्ने एजेन्डा छलफलमा आएपछि कार्यदिशाबारे विवाद देखिएको थियो । जनताको...
काठमाण्डु, १५ असार– सर्वोच्च अदालतले निर्वाचन क्षेत्र विकासका नाममा सांसदहरुलाई बजेट बाँड्नुको कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशहरुको संवैधानिक इजलासले संसद सचिवालय लगायत सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश जारी गरेको हो । निर्वाचन क्षेत्र विकास कार्यक्रम संवैधानिक...
मोरङ, १४ असार– सेफ्टी ट्याङकी बनाउने क्रममा खसेर मोरङमा चार जनाको मृत्यु भएको छ । मसिजदको चौशालय बनाउने क्रममा जिल्लाको सुनबर्सी नगरपालिका(९, मुस्लिम बस्तीका चार जनाको ज्यान गएको हो । सेफ्टी ट्याङकी बनाउने क्रममा अक्सिनको कमी भएर बेहोस भएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको...
काठमाण्डु, १४ असार– माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सोचेजति नम्बर नआएका कारण काठमाण्डुमा एक किशोरीले आत्महत्या गरेकी छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थायी घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने सदिक्षा पौडेलले शनिबार झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले बलम्बु माविबाट एसईई परीक्षा...
काठमाण्डु, १४ असार– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा भएर पनि मदन भण्डारीका हत्यारा पत्ता लगाउन नसक्नु बिडम्बना भएको टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले मदन भण्डारी हत्याकाण्ड र दरबार हत्याकाण्डका अपराधी पत्ता लगाउन नसक्नु गम्भीर...