ओली–प्रचण्डले एकअर्कामाथि गरे छेडछाड

काठमाण्डु टुडे २०७६ असार १५ गते ७:५१ मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, १५ असार– पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए ।

कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए । त्यसको १५ मिनेटपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली आइपुगे । मञ्च पुग्नासाथ ओलीले दाहालसँग हाल मिलाए । त्यसलाई कार्यकर्ताले हुटिङका साथ स्वागत गरे । बोल्ने क्रममा दुई नेताबीच छेडखानीसमेत चल्यो । ओलीले नक्कली सिद्धान्तको पिँजडाभित्र रहेको भन्दै अध्यक्ष दाहाललाई व्यंग्य गरे । दाहालले पनि मदन भण्डारी आग्रह, पूर्वाग्रह राख्ने संकीर्ण नेता नभएको भन्दै घुमाउरो भाषामा ओली भने संकीर्ण बनेको सांकेतिक आरोप लगाए । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us