मन्त्री बस्नेत यूएई प्रस्थान

२०७६ असार १४ गते १९:१७

काठमाण्डु, १४ असार– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तीन दिने भ्रमणका सिलसिलामा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । मन्त्री बस्नेत आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने ‘यूएन क्लाइमेट एक्सन समिट–२०१९ को मन्त्रीस्तरीय तयारी बैठकमा सहभागी हुने क्रममा अबुधावी प्रस्थान गरेका हुन् ।...

प्रधानमन्त्री भन्छन्–सरकारले धेरै राम्रो काम गरेको छ, व्यस्त भएर भन्न भ्याइन

२०७६ असार १४ गते १८:५३

काठमाण्डु, १४ असार– प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाण्डु धुलो र धुवाँमुक्त भएको दाबी गरेका छन् । उनले आफू प्रधानमन्त्री भएर काठमाण्डुमा मास्क लगाएर हिंड्नुपर्ने समस्या अन्त्य गरेको बताए । ‘एक वर्षअघि म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिंड्थे’, मदन भण्डारी जयन्तीका...

मुलुकमा माफिया हाबी भएः महरा

२०७६ असार १४ गते १३:१५

काठमाण्डु, १४ असार– सभामुख कृष्णबहादुर महराले मुलुकमा माफिया हाबी हुँदै गएको बताएका छन् । महराले माफियाले देशै हडप्न खोजेको टिप्पणी गरे । भक्तपुरको हनुमन्ते खोला सरसफाई अभियानको ७० औं सप्ताहका अवसरमा सूर्यबिनायक नगरपालिका–४ दधिकोटमा आयोजित सरसफाई तथा राष्ट्रिय वृक्षारोपण कार्यक्रममा महराले जमिनको फोहोर मात्र...

भारतसँगको सम्बन्ध सुधार्छुः ओली

२०७६ असार १४ गते १२:५७

काठमाण्डु, १४ असार– प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार छिमेकी भारतसँग सम्बन्ध सुधारको प्रयासमा रहेको बताएका छन् । ओलीले नेपाल–भारत सम्बन्धमा बेलाबेलामा खटपट आउने गरेको चर्चा गर्दै कहिल्यै खटपट नआउने गरी सम्बन्ध सुधार गरिने बताए । ‘भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भन्नेमा सरकार लागिरहेको छ’, नेपालको...

जमलमा देख्दै आङ सिरिङ्ग हुने दुर्घटना

२०७६ असार १४ गते १२:४६

काठमाण्डु, १४ असार– राजधानीको जमलमा शनिबार भयानक दुर्घटना भएको छ । बा११च ३६०४ नम्बरको कार बिहान करिब ६ बजेको समयमा दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति भने भएन । दुर्घटनामा कार चालक विजेन दुवाल श्रेष्ठ घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको...

प्रधानमन्त्रीले नासपाति रोपे, पत्नि राधिकाले पानी हालिन्

२०७६ असार १४ गते १२:०२

काठमाण्डु, १४ असार– वन तथा वातावरण मन्त्रालयको अगुवाइमा शनिबार वृक्षारोपण वर्षको विधिवत शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी ओलीले राजधानीको कोटेश्वरमा आयोजित कार्यक्रमबीच वृक्षारोपण वर्षको शुभारम्भ गरे । प्रधानमन्त्रीले नासपातिको विरुवा रोपेर वृक्षारोपण वर्षको घोषणा गरे । पत्नि राधिका शाक्यले प्रधानमन्त्रीले रोपेको बिरुवामा जल...

मातृका यादव र रामनारायण बिडारीबीच बाझाबाझ

२०७६ असार १४ गते ७:१९

काठमाण्डु, १४ असार– कम्पनीको सेयर खरिदबिक्री प्रक्रियाका लागि मन्त्रीले कम्पनी रजिस्ट्रार कार्यालयलाई निर्देशन दिएकामा संसदीय समितिले चासो लिएको छ । यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पदाधिकारीबीच शुक्रबार जुहारी चलेको छ। समिति भने मन्त्री यादव अडानमा...

नेपाली फिल्मकर्मीलाई दिनुपर्ने अवार्ड भारतीयलाई दिँदै सरकार, एक अर्ब खर्च हुने

२०७६ असार १४ गते ७:१३

काठमाण्डु, १४ असार– राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसक्यो । यही बेला नेपाल सरकार आफैं आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाण्डुमा आयोजना गर्न र त्यसको सम्पूर्ण खर्च बेर्होन तत्पर रहेको खबर भने आफैंमा अनौठो...

वर्षमानको प्रश्न सिंहदरबारमाः राजदूतको जवाफ ट्विटरमा

२०७६ असार १४ गते ७:०६

काठमाण्डु, २४ असार– उर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, ‘चिनियाँ कम्पनीहरुले चीन र अन्य विश्व राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ?’ सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत याङचीले यसबारे गहिरो अध्ययन र अनुसन्धान गरिरहेको कुटनीतिक जवाफ...

युवतीहरु होसियार !, ट्रक ड्राइभरसँग लिफ्ट नमाग्नु

२०७६ असार १४ गते ६:५८

काठमाण्डु, २४ असार– नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह–चालकले सवारीभित्र बलात्कार गरेका छन् । बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना१क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ...

नेकपामा ओली संकटमाः नजिकिए प्रचण्ड–माधव नेपाल

२०७६ असार १४ गते ६:५४

काठमाण्डु, २४ असार– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफ्नो निवास कोटेश्वरबाट हिंडेका नेपाल बालुवाटार जानुअघि अर्का अध्यक्ष पुष्पकमल दााल प्रचण्ड निवास खुमलटार छिरे । नेता नेपालले बुधबार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको...

नेपालका १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

२०७६ असार १४ गते ६:३०

काठमाण्डु, १४ असार–एमबीबीएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा फेल हुँदा उनीहरु अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् ।विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us