मन्त्री बस्नेत यूएई प्रस्थान

काठमाण्डु टुडे २०७६ असार १४ गते १९:१७ मा प्रकाशित

काठमाण्डु, १४ असार– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तीन दिने भ्रमणका सिलसिलामा शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

मन्त्री बस्नेत आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने ‘यूएन क्लाइमेट एक्सन समिट–२०१९ को मन्त्रीस्तरीय तयारी बैठकमा सहभागी हुने क्रममा अबुधावी प्रस्थान गरेका हुन् । मन्त्री बस्नेत आइतबार मन्त्रीस्तरीय अन्तरक्रियामा सहभागी हुनुहुनेछ । उहाँ सोमबार स्वदेश फर्कने कार्यक्रम छ । मन्त्री बस्नेतले अबुधावीस्थित नेपाली दूतावासको निरीक्षण भ्रमण गर्नुका साथै त्यहाँ रहेका नेपालीहरुसँग प्रतिनिधिमुलक भेटघाट समेत गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us