युवतीहरु होसियार !, ट्रक ड्राइभरसँग लिफ्ट नमाग्नु

काठमाण्डु टुडे २०७६ असार १४ गते ६:५८ मा प्रकाशित

काठमाण्डु, २४ असार– नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह–चालकले सवारीभित्र बलात्कार गरेका छन् ।
बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना१क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् । प्रचरीले ट्रक चालक मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ । उनीहरुले व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर महिलामाथि बलात्कार गरेका थिए ।
अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us