पुनःनिर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

२०७६ असार १५ गते १८:१०

काठमाण्डु, १५ असार– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको हो ।  भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प...

सर्लाहीमा गोली चल्यो

२०७६ असार १५ गते १७:५०

सर्लाही, १५ असार– सर्लाहीको ईश्वरपुरामा आइतबार गोली चलेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा गोली चलेको हो । गोली लागी एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । झडपमा ८ प्रदर्शनकारी तथा ३ प्रहरी घाइते भएका छन् । स्थानीय...

देउवालाई सिटौलाको दुई गम्भीर प्रश्न

२०७६ असार १५ गते १७:१०

काठमाण्डु, १५ असार- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवालाई दुई विकल्पमध्ये एक रोज्न आग्रह गरेका छन् । चार वर्षे कार्यकाल फागुनमा सकिने भएकोले १४ औं महाधिवेशनको मिति अहिले नै घोषणा गरेर जाने वा संघीय संरचनाअनुसार विधान बमोजिम हुने गरी संगठन निर्माणलाई देशैभर...

नेकपामा गुटबन्दीः प्रचण्ड पक्षमा खुले भीम रावल

२०७६ असार १५ गते १६:२५

काठमाण्डु, १५ असार– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीमबहादुर रावलले पार्टीको कार्यदिशालाई लिएर दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नजारी विवादलाई निरर्थकको संज्ञा दिएका छन् । राजधानीमा आइतबार भएको एक कार्यक्रममा रावलले पार्टी विधानमै जनताको जनवाद घोषित नीति रहेकाले...

धादिङमा कसरी भयो भयानक दुर्घटना ?

२०७६ असार १५ गते १६:१२

धादिङ, १५ असार– धादिङको बेनीघाटमा एउटा बस र दुईवटा माइक्रोबस आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धादिङ महादेवबेसीका २७ वर्षीय श्याम श्रेष्ठ र अर्की एक युवती छन् । करिब २०/२१ वर्षकी उनको परिचय खुलेको छैन । दुर्घटनामा अरु ३० जना...

बाबुराम भट्टराई हली बनेको तस्वीर सामाजिक सञ्जालमा भाइरल

२०७६ असार १५ गते १६:००

गोरखा, १५ असार– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई हली बनेका छन् । बाबुरामले राजनीतिबाट विरक्त लागेर पेशा नै हली बनाएका भने होइनन् । धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा बाबुराम आइतबार गृह जिल्ला गोरखामा किसानहरुसँगै रोपाईंमा रमाए । सरकारले हरेक वर्ष असार...

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश

२०७६ असार १५ गते १५:३१

काठमाण्डु, १५ असार, आर्थिक वर्ष २०७४र७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेश गरेका छन् । उक्त बैठकमा नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले...

कृषिको आधुनिकीकरणमा प्रधानमन्त्री ओलीकाे जाेड

२०७६ असार १५ गते १५:१८

काठमाण्डु, १५ असार- प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड दिएका छन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै उनले कृषिको आधुनिकीकरणसँगै बढीमात्रामा रोजगारीको अवसर सिर्जना हुने र...

गाउँमा बैंक पुगेसँगै आर्थिक कारोवार वढ्दै

२०७६ असार १५ गते १४:५१

काठमाण्डु, १५ असार, तीन वटा मात्र स्थानीय तह रहेको रुकुमपूर्वको सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधि पनि बढ्न थालेको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैंक पुर्‍याउने नीति अवलम्बन गरेपछि बैंकका शाखा...

ग्रामीण भेगमा सडक बिस्तार सँगै पानिकाे मुहान सुक्ने क्रम बढ्दाे

२०७६ असार १५ गते १४:१८

काठमाण्डु, असार १५ गते । पछिल्लो समय ग्रामीण भेगको गाउँगाउँमा सडक निर्माणकार्यले तीव्रता पाएको छ । तर, सडक निर्माणसँगै हिउँदको समयमा पानीको मुहान सुक्ने र वर्षायाममा सडकको लेदो मुहानमा मिसिँदा खानेपानीको अभाव सिर्जना भएको छ । सडक निर्माणको कामले तीव्रता पाएसँगै चितवनको इच्छाकामना-५ मुग्लिनबजारमा...

भद्रकालीमा युवतीमाथि जाइलाग्ने मातालाई उम्किन गाह्रो

२०७६ असार १५ गते १३:३१

काठमाण्डु, १५ असार- आफूलाई कथित ‘धर्ती माता’ बताउादै सैनिक मुख्यालय नजिकैको भद्रकाली मन्दिरमा युवतीमाथि निर्घात कुटपिट गरेपछि पक्राउ परे विष्णु कुावरलाइै की बुटवल विष्णु कुावरलाइैथप सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अनुमति दिएको छ शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु...

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकसँगै अर्का बलात्कारी पक्राउ

२०७६ असार १५ गते १२:२५

बुटवल, १५ असार- रुपन्देहीमा गत २ असारको राति एक युवतीमाथि भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गैडहवा गाउँपालिका-८ का २२ वषर्ीय विष्णु थारु छन् । पीडितले प्रहरीमा किटानी जाहेरी दिएपछि थारी फरार थिए । उनलाई रुपन्देहीको सूर्यपूरा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us