भद्रकालीमा युवतीमाथि जाइलाग्ने मातालाई उम्किन गाह्रो

काठमाण्डु टुडे २०७६ असार १५ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, १५ असार- आफूलाई कथित ‘धर्ती माता’ बताउादै सैनिक मुख्यालय नजिकैको भद्रकाली मन्दिरमा युवतीमाथि निर्घात कुटपिट गरेपछि पक्राउ परे विष्णु कुावरलाइै की बुटवल विष्णु कुावरलाइैथप सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अनुमति दिएको छ

शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिन म्याद थपिएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताए ।उनले असार पहिलो साता नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी थिइन् । सामाजिक सञ्जालमा उनले गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी प्रशासनले चासो देखाएको थियो । तर, भिडियोमा देखिएकी पीडित महिला नभेटिएपछि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । अभद्र व्यवहारको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

कुँवरले सार्वजनिक स्थानमा युवतीलाई पिट्दै’ ता को होस्, छिटो निस्की, ‘तेरो मासु खाम्ला, मलाई चिन्’ जस्ता शब्दको प्रयोग गरेर गाली गर्दै कुटपिट गरेकी थिइन् । प्रहरीसँग बयान दिने क्रममा कुँवरले कुटपिट गर्नु गल्ती भएको स्वीकारेकी छन् । तर, आफूमा शक्ति भएको विषयचाहिँ बताउन छाडेकी छैनन् । उनले भनेकी छनि्,मलाई साढे २ वर्षदेखि नै देउता चढ्न थालेको हो । ममा शक्ति आएपछि के गर्छु, थाहै हुँदैन ।’ प्रहरीले पक्राउ गरेर आफूलाई दुःख दिएको समेत उनले दाबी गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us